ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ सम्मेलन आयोजना

काठमाडौँ । पर्वतीय क्षेत्रको अमूर्त संस्कृतिसँग सम्बन्धित रचनात्मक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष सम्मेलन आयोजना गरिएको छ । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमाली क्षेत्र र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले यस्तो सम्मेलनले दुई नजिकका देशहरु नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा बनेका हस्तकला उत्पादनहरूलाई विश्वव्यापीकरण गर्न प्रयासरत रहेको बताउनुभयो ।

अरनिको समाजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्नुहुँदै समाजका अध्यक्ष सुशील प्रजापतिले सम्मेलनको उद्देश्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त कार्यक्रम दक्षिण एसिया नेटवर्क टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रमीला गौतम र चिनिया प्रतिनिधी छाई च्युनले संचालन गर्नुभएको थियो ।

  himalayanvoice.com | ९ पुष २०८२, बुधबार १२:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online