ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ सम्मेलन आयोजना

काठमाडौँ । पर्वतीय क्षेत्रको अमूर्त संस्कृतिसँग सम्बन्धित रचनात्मक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष सम्मेलन आयोजना गरिएको छ । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमाली क्षेत्र र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल ओलम्पिक समितिका अध्यक्ष जीवनराम श्रेष्ठले यस्तो सम्मेलनले दुई नजिकका देशहरु नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा बनेका हस्तकला उत्पादनहरूलाई विश्वव्यापीकरण गर्न प्रयासरत रहेको बताउनुभयो ।

अरनिको समाजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्नुहुँदै समाजका अध्यक्ष सुशील प्रजापतिले सम्मेलनको उद्देश्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त कार्यक्रम दक्षिण एसिया नेटवर्क टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रमीला गौतम र चिनिया प्रतिनिधी छाई च्युनले संचालन गर्नुभएको थियो ।

  himalayanvoice.com | ९ पुष २०८२, बुधबार १२:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online