ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तीन जना साहित्यकार सम्मानित

प्युठान । जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।

साहित्य परिषद प्युठानका पूर्व अध्यक्ष गेहराज थापा, कमल पोख्रेल र अग्रज साहित्यकार लिला पुनलाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो । जिल्लाको साहित्यलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तीन जना साहित्यकारलाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखा अध्यक्ष सानु गुल्मेलीले बताउनु भयो ।

राष्ट्रिय एकता दिवसको अवसरमा प्रदेशस्तरीय साहित्य भेला, स्रष्टा सम्मान र परिसंवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्युठानसहित रोल्पा, अर्घाखाँची, रूपन्देही र पाल्पाका साहित्यकर्मीको सहभागिता थियो ।

  himalayanvoice.com | २७ पुष २०८२, आईतवार १३:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online