ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट आजबाट

स्याङ्जा । प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता आज(शुक्रबार)बाट सुरु हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टि–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।

दुई चरणमा आज देखि ४ गतेसम्म र दोस्रो चरणमा माघ ९ देखि १४ गतेसम्म प्रतियोगिता चल्ने छ । यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने चार समूहमा विभाजन गरिएको छ ।

समूह ए, बी, सीमा तीन तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समूहको समूह विजेता सेमिफाइनमा प्रवेश गर्ने छन् । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्ने छन् ।

स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसीत गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

हरेक पालिकाको टिमका एक जना अण्डर १६, दई जना जना अण्डर १९ र हरेक पालिकाबाट दुई–दुई बाहिरी जिल्लाबाट खेलाडी ल्याएका छन् ।

प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै, तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि ६४ लाख नौ हजार सात रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

फेदीखोला र कालीगण्डकी आज भिड्ने

प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा आज उद्घाटन खेल समूह बीका फेदीखोला र कालीगण्डकी हुने छ । दिनको साढे १२ बजे खेल सुरु हुने छ ।

पहिलो दिन एक खेल खेलाएपनि अन्य दिन दुई दुई वटा खेल हुने फाउण्डेसनका सचिव ध्र्रुब शर्माले जानकारी दिनुभयो ।

आदील आलम पुतलीबजारबाट खेल्ने

एनपीएलको अक्सनमा सार्वधिक महङगा खेलाडी आदील आलम पुतलीबजारबाट खेल्ने पक्का भएको छ ।

दुई खेलाडी पालिका बाहिरका टिममा राख्न पाउने ब्यवस्था अनुसार आलम आउने पक्का भएको हो । यस्तै, राष्ट्रिय खेलाडी इशान पाण्डे तथा अण्डर १९ का वालिङका राष्ट्रिय खेलाडी दिपक डुम्रे गल्याङबाट खेल्ने कयान स्याङ्जाजा अध्यक्ष दीवाकर थापाले बताउनुभयो ।

यस्तै राष्ट्रिय खेलाडी अनुज चनरा भीरकोटबाट खेल्ने र अन्य पालिकाबाट पनि खेलाडी ल्याएको थापाले बताउनुभयो ।

  himalayanvoice.com | २ माघ २०८२, बिहीबार २२:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online