ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

एनआरएन स्कटल्यान्डको स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

लन्डन । एनआरएन स्कटल्यान्डद्वारा आयोजित पहिलो स्वास्थ्य शिविर स्कटल्यान्डको राजधानी एडिनबरा स्थित हिमालयन सेन्टरमा सफलतापूर्वक सम्पन्न भएको छ। एनआरएन स्कटल्यान्डको आयोजनामा सन् २०२६ जनवरी १८ तारिखका दिन सम्पन्न उक्त स्वास्थ्य शिविर अत्यन्त सफल, प्रभावकारी तथा प्रेरणादायी रहेको आयोजकले जनाएका छन्।

“स्वस्थ रहौँ, खुसी रहौँ, सुखी रहौँ” भन्ने मूल नाराका साथ एनआरएन स्कटल्यान्डका अध्यक्ष शेर के.सी.को संयोजकत्वमा आयोजित यस शिविरले नेपाली समुदायमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नुका साथै आपसी सहकार्य र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। शिविरमा विभिन्न क्षेत्रका अनुभवी तथा दक्ष स्वास्थ्य विशेषज्ञहरूबाट सेवाहरू प्रदान गरिएको थियो।

स्वास्थ्य तथा समग्र कल्याणसम्बन्धी सेवा चिकित्सक अश्कान जियाइएले प्रदान गर्नुभएको थियो भने पोषण तथा आहारसम्बन्धी जानकारी चिकित्सक कार्मेलिया केयरवले सरल र व्यवहारिक ढंगले प्रस्तुत गर्नुभयो। मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सेवा र परामर्श ओरल हाइजिनिस्ट नर्सहरू सम्झना कार्की र रीता गौतमले प्रदान गर्नुभयो, जसले दाँत तथा मुख स्वास्थ्यप्रति समुदायमा सकारात्मक सन्देश र जनचेतना फैलाएको थियो।

बालबालिकाको स्वास्थ्यसम्बन्धी सेवा बालरोग विशेषज्ञ चिकित्सक नसरिन ओ’केन र उहाँको टोलीले प्रदान गरेको थियो। योग प्रशिक्षक प्रेम बस्नेतले योग अभ्यासमार्फत कसरी स्वस्थ जीवनशैली अपनाउन सकिन्छ र जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै योग प्रशिक्षण दिनुभएको थियो। यसैगरी नेपाली विशेषज्ञ चिकित्सक डा. अनुप बिष्ट (एमडी) ले बेहोस पार्ने चिकित्सा तथा गम्भीर उपचारसम्बन्धी परामर्श सेवा प्रदान गर्नुभएको थियो।

शिविरमार्फत नेपाली समुदायका साथै स्थानीय अन्य समुदायका करिब १२० जना सेवाग्राहीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका थिए। स्वास्थ्य सेवा व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एनआरएन स्कटल्यान्डका स्वयंसेवकहरूको महत्वपूर्ण भूमिका रहेको थियो। विशेषज्ञहरूले प्रयोग गरेको अंग्रेजी भाषालाई नेपालीमा अनुवाद गरी सहभागीहरूलाई बुझ्न सजिलो बनाउने कार्य स्वयंसेवक सर्मिली लामाले गर्नुभएको थियो।

शिविरमा रक्तचाप तथा तौल परीक्षण, रगतमा चिनीको मात्रा जाँच, मुख तथा दन्त स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य तथा कल्याणसम्बन्धी सहयोग, बालबालिकाको स्वास्थ्य सेवा तथा योग सेवा उपलब्ध गराइएको थियो।

स्वास्थ्य शिविरलाई अझ प्रभावकारी बनाउन स्कटल्यान्डमा लामो समयदेखि स्वास्थ्य सेवामा कार्यरत नर्सहरू तथा नेपालमा लामो अनुभव हासिल गरी हाल वेस्ट अफ स्कटल्यान्ड विश्वविद्यालय, ग्लास्गोमा अध्ययनरत नेपाली नर्सहरूको सक्रिय सहभागिता रहेको थियो। नर्सिङ एसोसिएसन स्कटल्यान्डकी अध्यक्ष सरोजा अर्यालको टोलीले पनि कार्यक्रमलाई थप सेवा प्रदान गरेको थियो। उहाँहरूको समर्पण र सेवाभावले सम्पूर्ण कार्यक्रमलाई मजबुत आधार प्रदान गरेको आयोजकले बताएका छन्।

शिविरमा सहभागी सेवाग्राहीहरूका अनुसार यस्ता कार्यक्रमहरूले स्वास्थ्य जाँचलाई सहज बनाउनुका साथै आवश्यक जानकारी, आत्मविश्वास र सकारात्मक ऊर्जा प्रदान गर्ने भएकाले अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।

एनआरएन स्कटल्यान्डले पहिलो पटक आयोजना गरेको यस स्वास्थ्य शिविरमा उल्लेखनीय उपस्थिति देखिएको उल्लेख गर्दै संस्थाका उपाध्यक्ष सागर भण्डारीले भविष्यमा पनि यस्ता समुदाय–केन्द्रित तथा जनहितकारी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै स्कटल्यान्डका विभिन्न स्थानमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा यस शिविरमा आफ्नो अमूल्य समय, ज्ञान र सेवा प्रदान गर्नुहुने चिकित्सक, नर्स तथा स्वयंसेवकहरूलाई एनआरएन स्कटल्यान्डका अध्यक्ष शेर के.सी., संस्थाका प्रमुख संरक्षक कासिराम भण्डारी, प्रमुख सल्लाहकार डा. रामकुमार अधिकारी तथा सल्लाहकार डा. केशब भट्टराईले कदर तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो।

संस्थाका अध्यक्ष शेर के.सी. र सचिव माधव भण्डारीले कार्यक्रम सफल बनाउन निस्वार्थ रूपमा खटिनुहुने सम्पूर्ण सहभागीहरूप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराएकोमा हिमालयन सेन्टर एडिनबरा का अध्यक्ष मनीष खत्री र उहाँको टोलीप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो। साथै कार्यक्रममा सहभागीहरूका लागि भोजनको व्यवस्था निःशुल्क रूपमा उपलब्ध गराएकोमा बे लिफ रेस्टुरेन्टका सञ्चालक तथा संस्थाका उपाध्यक्ष सागर भण्डारीप्रति आभार व्यक्त गरिएको छ। स्वादिष्ट खाना तयारीमा निःशुल्क सेवा प्रदान गर्ने संस्थाका कार्यकारी सदस्य बलराम कँडेल तथा चिया–कफी व्यवस्थापन गर्ने सह–कोषाध्यक्ष लक्ष्मी न्यौपानेलाई पनि संस्थाको तर्फबाट धन्यवाद दिइएको छ।

कार्यक्रममा चिकित्सक अश्कान जियाइए, चिकित्सक कार्मेलिया केयरव, दृष्टि परीक्षण विशेषज्ञ गोहार बेइन्ट, बालरोग विशेषज्ञ नसरिन ओ’केन, नर्सहरू जास्मिन रोका, कमला कँडेल, गंगा भण्डारी, प्याट्रिसिया कँडेल, सिम्रन थापा, अनुजा चौधरी, अप्सरा अधिकारी, स्मृति सेढाईं, चन्द्रकला भट्ट, दीना बुढा, प्रियंका बडाल, रुपेश नाथ, इसाबेल रोसोविच, अभिष्णा चापागाईंलगायतका स्वयंसेवक सिरिया रुटस्टिन, अफ्शिन जाइनी, एमिली लुडेक, आराजु सम्झना, अभिषा चापागाईं र सुदीपा केसीले आ–आफ्नो क्षेत्रबाट सेवा प्रदान गर्नुभएको थियो।

एनआरएन स्कटल्यान्डले आगामी दिनहरूमा पनि नेपाली समुदायको हितमा निरन्तर सामाजिक गतिविधिहरू अघि बढाइरहने जनाएको छ। यद्यपि, यस सामाजिक कार्यक्रममा स्कटल्यान्डबाट निर्वाचित एनआरएन युकेका पदाधिकारीहरूको उल्लेखनीय सहयोग तथा सहभागिता नदेखिएको प्रतिक्रिया स्थानीय सहभागीहरूले व्यक्त गरेका छन्।

  himalayanvoice.com | ६ माघ २०८२, सोमबार १३:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online