ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

नवलपरासीका काँग्रेस उम्मेदवार देवेन्द्रराज कण्डेल र भीमबहादुर थापाको आधिकारिकता विवाद

नवलपरासी । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएपछि अधिकारिकता विवाद सृजना भएको छ । देवेन्द्रराज कण्डेल र भीमबहादुर थापा ‘भरत’ दुवै जनाले कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीको पत्र देखाएपछि दुवै जनाको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता भए पनि अधिकारिकता एक जना मात्र उम्मेदवारले पाउने भएकाले यसको टुङ्गो लाग्न बाँकी रहेको जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँ अनुसार बुधबार अपराह्न पौने चार बजे दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । अधिकारिकता जाँच गरी एक जनाको उम्मेदवारी कायम हुने आचार्यले बताउनुभयो ।

कण्डेलले उम्मेदवारी दर्ताको तयारी गरिरहेको बेलामा थापाले त्यसअघिकै आएर उम्मेदवारी दर्ता गराउनुभएको थियो । कण्डेल कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ भने थापा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख हुनुहुन्छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा क्षेत्र नम्बर ञ् बाट नेपाली कांग्रेसका बिनोद चौधरीले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी सोही क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) बाट जनता प्रगतिशील पार्टीका हृदयस त्रिपाठीले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री रहनुभएका बिक्रम खनालले मनोनयन दर्ता गर्नुभयो । नेकपा एमालेबाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मनोनयन दर्ता गराउनुभएको छ । उहाँ यसअघि विगठित प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख रहनु भएका नरेन्द्रकुमार गुप्ताले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट लेखनाथ खरेलले मनोनयन दर्ता गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट बाग्लुङका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराउनुभएको छ । जसपा नेपालबाट क्षेत्र नम्बर २ मा देवेन्द्र यादवको मनोनयन दर्ता भएको छ ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार १०:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online