ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

वीरगञ्जमा माघ १५ गते देखि तीनदिने मधेश साहित्य महोत्सव हुने

वीरगञ्ज । यही माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव हुने भएको छ।

महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव आयोजना गर्ने जनाएको हो।

मधेशका विविध पहिचान, भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्दै साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ।

वीरगञ्जस्थित मधेस विश्वविद्यालयको प्राङ्गणमा माघ १५, १६ र १७ गते आयोजना गरिने महोत्सवको पहिलो दिन उद्घाटन सत्र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख तथा संरक्षक राजेशमान सिंहको अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा हुने कार्यक्रम रहेको छ। अन्य विभिन्न सत्रमा गाउँका युवा, पलायन र विकल्प, गाउँ, लोकतन्त्र र सत्ता तथा गाउँ स्मृति र इतिहास जस्ता विषयमा विज्ञ वक्ताले धारणा राख्न कार्यक्रम रहेको आयोेजकले जनाएको छ।

दोस्रो दिन शिक्षा, स्वास्थ्य र समानता, गाउँ सङ्घर्ष र संरचना, गाउँ विकास र विनाश तथा गाउँका खबर विषयमा छलफल हुने कार्यक्रम रहेको छ भने तेस्रो दिन गाउँ बन्दै सहर र सहर बन्दै गाउँ, भोजपुरी साहित्यमा गाउँ विषयक सत्र आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभकर्ण तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको सभापतित्वमा हुने महोत्सवको समापन समारोहमा कल्पना पटवारीसहित स्थानीय कलाकारको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

  himalayanvoice.com | १४ माघ २०८२, मंगलवार १६:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online