ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

सत्ताभन्दा सिद्धान्त सर्वोपरि हुन्छ : कांग्रेस सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस ओखलढुंगा–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित ‘निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभापति थापाले पार्टी स्थापनाका मूल्य–मान्यता र आदर्शबाट विचलित नहुने संकल्प गर्दै भन्नुभयो, ‘‘सत्ताभन्दा ठूलो सिद्धान्त हुन्छ । गाह्रो होला, बरु भुइँमा बस्छौँ तर बदलिएको कांग्रेसले सिद्धान्तविपरीत गएर सरकारमा सहभागी हुने सम्झौता गर्ने छैन ।’’

उहाँले काँग्रेसमा आएको यो बदलाव केवल स्वरूपमा नभई सोच र कार्यशैलीमा आएको उल्लेख गर्नुभयो । परिस्थितिका कारण सोच बदलिएको र सोच बदलिएपछि काम गर्ने शैली स्वतः परिवर्तन हुने उहाँको तर्क थियो ।

सभापति थापाले भन्नुभयो, ‘‘हाम्रो सोच, संकल्प र शैली नयाँ छ, यो कसैको लहडमा जन्मिएको होइन, बरु पुरानै काँग्रेसलाई परिष्कृत गरेर ल्याइएको नयाँ स्वरूप हो, थापाले थप्नुभयो, अब हामी नागरिकले देश बदल्न गरेका आह्वान र मुद्दाहरूलाई प्रमुख प्राथमिकताका साथ बोक्छौँ ।’’ ओखलढुंगालाई सहिदहरूको जिल्ला र काँग्रेसको किल्लाको रूपमा चित्रण गर्दै उहाँले आगामी निर्वाचनमा उच्च मनोबलका साथ विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा काँग्रेसभित्र कुनै पनि मतभेद नरहेको र सबै मिलेर उम्मेदवार जिताउन लाग्ने बताउनुभयो ।

कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप सुनुवार र ओखलढुंगा काँग्रेसका सभापति तेजेन्द्र खनालले निर्वाचनका लागि विभिन्न समिति गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिँदै एकताको सन्देश प्रवाह गर्नुभयो ।

काँग्रेसका उम्मेदवार कुमार लुइटेलले अग्रज नेताहरूले देखाएको बाटोमा हिँडेर जिल्लाको समग्र विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने अठोट व्यक्त गर्नुभयो ।

  himalayanvoice.com | १८ माघ २०८२, शनिबार २२:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online