ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले निर्वाचन प्रचारप्रसारका गतिविधिमा सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै आपत्ति जनाएको छ ।

नेकपा एमालेले विभिन्न दल, नेतृत्व तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने कार्य भएको भन्दै यस्ता कदम चाल्ने कलाकार तथा जो कोही व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भ्रम सिर्जना गर्न कलाकारहरू तथा प्रविधिको दुरुपयोग भएको र पार्टी नेतृत्व तथा नीतिमाथि आक्रमण गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

फागुन २१ को चुनावका लागि १६३ क्षेत्रमा पार्टीको उम्मेदवारी दर्ता भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

यसैबिच नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिएको बताउनुभएको छ ।

नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बादलले जेनजी आन्दोलनको आवरणमा नेकपा एमाले र तत्कालीन सरकारलाई अपध्वस्त गर्ने प्रायोजित घटना घटाइएको बताउनुभयो ।

उपाध्यक्ष बादलले पुराना पार्टीहरूलाई विस्थापित गर्ने मिसनका साथ यो सरकार गठन भएको पनि आरोप लगाउनुभयो ।

  himalayanvoice.com | २२ माघ २०८२, बुधबार १४:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online