ट्रेण्डिङ्ग:
|धार्मिक नेताहरूले लेन्ट र रमजानको समयमा आइस हिरासत केन्द्रहरूमा पहुँचको लागि जोड दिन्छन्|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|जाजरकोटमा नेपाली कांग्रेसका खडगबहादुर बुढा विजयी|मतगणनामा रास्वपाको दबदबा, १०० क्षेत्रमा जित; २५ स्थानमा अग्रता|झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’|रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम निर्वाचित|झापा–५ बाट बालेन्द्र साह भारि मतले निर्वाचित, झापाका ओलीको बधाई|यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च|प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अगाडि

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : ‘प्रचण्ड’

गलकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताउनुभएको छ । 

आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताउनुभयो ।

संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताउनुभयो ।  “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ । यसपटक पनि  देशलाई सङ्कटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ”, उहाँले भन्नुभयो,“गत भदौ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो ।”

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर सङ्कटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै  देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदान गर्न आग्रह गर्नुभयो ।

यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमति भएको कार्यक्रममा जानकारी दिइयो ।

  himalayanvoice.com | ३० माघ २०८२, बिहीबार १६:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online