ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

मुलुकलाई निकास दिने प्रमुख माध्यम निर्वाचन : सभापति लामिछाने

तम्घास ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकास दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताउनुभएको छ । आज यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिनुभयो ।

सभापति लामिछानेले एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आएकाले सक्षम र नेतृत्व लिनसक्ने व्यक्ति र दल छनोट गर्न आम मतदातालाई आग्रह गर्नुभयो । चुनावी प्रचारका लागि भेटघाट गर्दै उहाँ आज रिडी हुँदै तम्घास आउनुभएको हो ।

लामिछानेले आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन नागरिकलाई आग्रह गर्नुभयो । उहाँले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने धारणा राख्नुभयो । उहाँले सदरमुकाम तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता  छन् ।

  himalayanvoice.com | १ फाल्गुन २०८२, शुक्रबार १४:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online