ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

सरकारको नेतृत्व गर्ने गरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताउनुभएको हो ।

अध्यक्ष घिसिङले मुलुकका समग्र समस्या समाधानका लागि संसद्मा पुगेर आफ्नो पार्टीले सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारमा सहभागी भएपछि चुनावी घोषणापत्रमा उल्लेख गरिएका बुँदाअनुसार नै काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष घिसिङले भन्नुभयो, “राजनीति गर्ने भनेकै सरकारको नेतृत्व गर्नका लागि हो । समाजमा देखिएका र देशका समस्या समाधानका लागि संसद्मा सशक्त प्रतिपक्षीका रूपमा पनि भूमिका खेल्न सकिन्छ । तर, हाम्रो मुख्य लक्ष्य सरकारको नेतृत्व गरेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु नै हो ।”

उहाँले मुलुकको समृद्धिका लागि जलविद्युत् उत्पादनमा विशेष जोड दिइने समेत बताउनुभयो । उज्यालो नेपाल पार्टीले ऊर्जा क्षेत्रको विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उहाँको भनाइ थियो ।

  himalayanvoice.com | ३ फाल्गुन २०८२, आईतवार १४:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online