ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

नयाँ नेतृत्व चयन गर्दै किरात याक्थुङ चुम्लुङ जापानको सातौँ महाधिवेशन सम्पन्न

टोकियो । किरात याक्थुङ चुम्लुङ जापानको सातौँ महाधिवेशन सम्पन्न भएको छ । ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सदस्यहरू निर्वाचन प्रक्रियाबाट र अन्य पदाधिकारी निर्विरोध चयन गरेको हो ।

८५ मत ल्याएर तिगेला अध्यक्षमा निर्वाचित हुँदा मिना तुम्बाहाम्फे (रेखा)ले ५ मत मात्र ल्याइन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा लाखध्वज मादेम्बा (सिसाम) ८१ मतका साथ विजयी हुँदा केशिका लिम्बुले ९ मत प्राप्त गरिन् ।

कार्यसमितिको खुला उपाध्यक्षमा विष्णु कुमार आङ्देम्बे र महिला उपाध्यक्षमा कल्पना चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने महासचिव पदमा दुर्गा प्रसाद नेम्बाङ चयन भएका छन् भने उपमहासचिवमा सुजन आङ्बो चयन भएका छन् । सचिव पदमा लोकेन नेयोहाङ ‘निवा’ (खुला) र सोनिया प्याङ्गु ‘सरस्वती’ (महिला) निर्वाचित भएका छन् ।

संस्थाको आर्थिक पाटो हेर्ने कोषाध्यक्षमा तान्छोहाङ नेम्बाङ र सहकोषाध्यक्षमा लासेमी केरुङले जिम्मेवारी पाएका छन् ।

कार्यसमितिको सदस्यहरूमा निशा आङ्देम्बे, भूमिका चेम्जोङ, निरुता साउदेन, सुनिता लिम्बु, जुली लिम्बु, जहरमान चेम्जोङ, दिल कुमार मादेन, केविचन्द्र नेम्बाङ, प्रकाश सम्बाहाम्फे, प्रबिन तुम्रोक, बालकिशोर लिम्बु, अमृता सावाँ, इन्द्र नेम्बाङ, सन्तोष आङ्बुहाङ र सुमन आङ्देम्बे रहेका छन् ।

निर्वाचन समितिका संयोजक अटल तुम्बापो, सदस्य सचिव भेषराज चेम्जोङ र सदस्य भबिन लावतीको टोलीले निर्वाचन प्रक्रिया सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै निर्वाचन समितिले किरात याक्थुङ चुम्लुङ जापानको गरिमालाई अझ उचाइमा पुर्‍याउन यो टोली सफल हुने विश्वास व्यक्त गरेको छ ।

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार २२:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online