ट्रेण्डिङ्ग:
|पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान|नेपाली कांग्रेसका सभापति थापाद्वारा मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान|आइसलाई गैरकानूनी करदाता डेटा साझा गरिएको प्रश्नहरूको जवाफ दिन आइआरएस अधिकारी बिसिग्नानोद्वारा अस्वीकार|गोलीकाण्डपछि कांग्रेससमक्ष उपस्थित नोएमद्वारा होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको बचाउ|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|नेपालबाट नौ देशमा रोकियो उडान|प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर बिहान ७ बजेदेखि मतदान सुरु|होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा|जुलियन क्यास्ट्रोले अमेरिकाको दक्षिणपश्चिमका ल्याटिनो समुदायको परोपकारी कोषमा २५० मिलियन डलर दान गर्दै|मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा लागि सरकारको ध्यानाकर्षण

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

काठमाडौँ। नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजित चुनावी सभामा दुई पार्टीबिच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बीपी) समाहित भएको घोषणा गरिएको हो ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा साङ्गठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने उल्लेख छ ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त निर्णय गरिएको वक्तव्यमा उल्लेख छ । नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको जनाइएको छ ।

नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम साङ्गठनिक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।

  himalayanvoice.com | १७ फाल्गुन २०८२, आईतवार १६:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online