ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

रुकुमपूर्व । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले निर्वाचित हुनुभएको छ । प्रत्यक्ष तर्फको आज शुक्रबार बिहानदेखि मतगणना गरिएको थियो ।

३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा प्रचण्डले १० हजार २ सय ४० मत लिएर विजय हुनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत लिनुभएको छ । प्रचण्डले ६ हजार ७ सय ७८ मतान्तरले विजय हुनुभएको हो ।

यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले ३ हजार ८१ मत, रास्वपाका लखन थापाले ८ सय १९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राप्रपाका रोशन शाहले ८२ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ३२ मत, प्रलोपाका सन्दिप पुनले २ सय ३ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ५५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ५१ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले १ सय ९१ मत र जसपाका सिरबहादुर बुढाले ३० मत लिनुभएको छ ।

अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  himalayanvoice.com | २२ फाल्गुन २०८२, शुक्रबार १२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online