ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

धनुषा–१ बाट नेकपाका यादव निर्वाचित

धनुषा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले नौ हजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार २२० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहनुभएका किशोरी साह कालोसूचीमा भएको उल्लेख गर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्च अदालतले आज उक्त रिटमा सुनुवाइ गर्दै यही फागुन २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

साथै आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशनपछि विजेता घोषणा गरिएको आयोगले जनाएको छ ।रासस

  himalayanvoice.com | २५ फाल्गुन २०८२, सोमबार १५:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online