ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

हामी हाम्रो ज्ञान सीप र पूँजीलाई नेपालको विकासमा लगाउन सक्छौँ : एनआरएनए अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले गैर आवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास समृद्धिसँग जोड्न आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार महासङ्घ सचिवालय, टेकुमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैर आवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनु पर्ने बताए ।

उनले महासङ्घको पहलमा धेरै नीतिगत सुधारहरू भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै भएको धारणा राखे । “महासङ्घले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा विषयमा नेपाल सरकारसँग धेरै ठुलो लबिङ गरेर थुप्रै नीतिगत सुधारहरू गरेका छौँ । हामीले राम्रो सहकार्य गर्न सक्यौ नेपाल र नेपालीका लागि धरै गर्न सक्छौँ”,उनले भने ।

अध्यक्ष ढकालले महासङ्घले पछिल्लो समय महासङ्घको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको र उक्त कम्पनीमार्फत ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने काम भइरहेको बताउँदै उनले एनआरएनएलाई कम्पनीमा लगान गर्न तथा सम्भावित परियोजनाहरूमा सह लगानीका लागि पनि आग्रह गरे ।

सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैर आवासीय नेपालीहरु पनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राखे । “विविध कारणले गैर आवासीय मुभमेन्ट कमजोर भएको अवस्था थियो । अहिले हामीले सर्वसम्मत रूपमा एकताको महाधिवेशन सम्पन्न गरेका छौँ । नेपाली डायस्पोरा एक हुँदा त्यसले दिने सन्देश र नेपालमा गर्ने कामबारे थप स्पष्टता हुनेछ । हामी हाम्रो ज्ञान सीप र पूँजीलाई नेपालको विकासमा लगाउन सक्छौँ भन्ने नै हाम्रो पनि जोड हो,” उनले भने ।

सो अवसरमा महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको आर्थिक समृद्धिका लागि लगानी आवश्यक भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा एनआरएनहरूले लगानी गर्न सक्ने धारणा राखे ।

यस्तै महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले अन्य क्षेत्रको लगानीसँगै नेपालमा नजेज इकोनोमिको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सो अवसरमा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

  himalayanvoice.com | ६ चैत्र २०८२, शुक्रबार १५:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online