ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

दाउन्नेमा एकतर्फी सवारी सञ्चालन

नवलपुर । शुक्रबारदेखि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा अहिले पालैपालो एकतर्फी सवारी सञ्चालन हुन थालेको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि गाडी उक्लिन नसक्दा यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो ।

शुक्रबार साँझदेखि वर्षा रोकिए पनि सडक चिप्लो भएकाले पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधन बर्दघाटको उकालो र पूर्वबाट पश्चिम जाने सवारी साधन दुम्किवासको उकालो उक्लिन सकेका थिएनन् । पैसट्ठी मोड र घ्यू खोलाको क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ ।

हाल बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन पास गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाले जानकारी दिनुभयो । शुक्रबार साँझदेखि पश्चिमतर्फ जाने ठूला मालवाहक सवारी साधन कावासोतीको जंगल क्षेत्रमा र पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा रोकिएका थिए ।

आज बिहान ती सवारी साधन छुट्न थालेपछि सडकमा लामो जाम लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब पाँचदेखि सात किलोमिटरसम्म सवारी जाम रहेको छ ।

नारायणघाट–बुटवल सडकखण्डको अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब तीन–चार किलोमिटर सडक अझै ढलान हुन नसक्दा यात्रुले सधैं सास्ती भोग्दै आएका छन् । वर्षा हुँदा सडक चिप्लिएर सवारी उकालो चढ्न नसक्ने समस्या हुन्छ भने घाम लाग्दा धुलोले थप समस्या निम्त्याउने गरेको छ ।

  himalayanvoice.com | ८ चैत्र २०८२, आईतवार ००:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online