ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

इद–उल–फित्रको अवसर पारेर दुबईमा बस्ने नेपालीहरूले गरे रक्तदान

दुबई । मुस्लिम समुदायको महान् पर्व इद–उल–फित्रको अवसर पारेर युएईको दुबईमा नेपालीहरूले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले मार्च २२ मा दुबई हेल्थ अथोरिटी (डीएचए) सँगको सहकार्यमा यो मानवीय कार्य पुरा गरेको हो।

पश्चिम एसियामा जारी तनाव र युद्धको त्रासका कारण धेरै पूर्व निर्धारित कार्यक्रमहरू स्थगित भइरहेको अवस्थामा पनि नेपालीहरूले साहस देखाउँदै रक्तदानलाई निरन्तरता दिएका हुन्। इदको अवसरमा गरिने दान (जकात) को महिमालाई आत्मसात् गर्दै नेपाली रक्तदाताहरूले आफ्नो रगत दान गरेर पुन्य कमाएको संघका संरक्षक सुनिलराज श्रेष्ठले बताए।

मुस्लिम धर्मग्रन्थ अनुसार आफ्नो बचतको निश्चित हिस्सा गरिब र दुःखीलाई दान गर्ने परम्परा रहेकै समयमा रगत अभाव झेलिरहेका बिरामीका लागि यो सानो प्रयास गरिएको आयोजकको भनाइ छ। प्रतिकूल परिस्थितिका कारण सोचे जस्तो ठुलो सङ्ख्यामा मानिसहरू आउन नसके पनि १०० भन्दा बढीको उपस्थिति रहेको थियो। जसमा ६२ जनाले नाम दर्ता गराएकोमा स्वास्थ्य परीक्षणपछि ५४ जनाले सफलतापूर्वक रक्तदान गरेका थिए।

कार्यक्रमका संयोजक जगन अधिकारीले ‘रक्तदान जीवन दान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यो पाँचौँ पटक भव्य रूपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिए। पश्चिम एसियामा चलेको भयानक युद्धको चपेटामा फसेर मानिसहरू त्रसित भइरहेका बेला पनि टाढा–टाढाबाट समय निकालेर सहभागी हुने रक्तदाताहरूलाई उनले आभार व्यक्त गरे। दुबई हेल्थ अथोरिटीले पनि अहिलेको कठिन अवस्थामा अन्य धेरै संस्थाहरूले कार्यक्रम रद्द गरिरहँदा नेपालीहरूले देखाएको यो सक्रियताको उच्च प्रशंसा गरेको छ।

  himalayanvoice.com | १० चैत्र २०८२, मंगलवार १४:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online