ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार

काठमाडौँ ।  विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका ५१ जना नेपाली नागरिकको उद्धार गरिएको छ । उनीहरूलाई नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा स्वदेश फर्काइएको हो ।

दूतावासका अनुसार ती नेपालीहरूलाई अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा लगाइएको थियो । केही नेपाली बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेका अवस्थामा फेला परेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १० गते कम्बोडियाबाट उडेका थिए र चैत ११ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । साथै, यस्ता समस्यामा परेका नेपालीहरूलाई तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ । यसका लागि दूतावासले एनआरएनएका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिंह खड्का र रामजी कुमार क्षेत्रीको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार स्क्यामिङ्ग केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको भन्दै गुनासो आउने गरेको छ । यस्तो अवस्थामा नेपाली राजदूतावास बैंककले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर उद्धार गर्दै आएको छ ।

यसैबिच, पछिल्लो समय कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया गएकोमा २०२२ मा एक हजार ९७७, २०२३ मा दुई हजार ९४०, २०२४ मा छ हजार ४०४ र २०२५ मा नौ हजार ६७६ जना पुगेका छन् ।

नेपाली राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो तथा धेरै कमाइको प्रलोभनमा परी भ्रमण भिसामा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका देशहरू नजान पुनः आग्रह गरेको छ ।

  himalayanvoice.com | ११ चैत्र २०८२, बुधबार १२:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online