ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न काँग्रेसले पहल गर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

काँग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराउनुभएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपाङ्ग महासङ्घका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफलमा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसको सुरक्षा र उद्धारका लागि काँग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

  himalayanvoice.com | १२ चैत्र २०८२, बिहीबार ११:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online