ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

पुलिसको जितमा ओपनर शङ्कर रानाले ११६ रनको शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे । त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रशिद खान १० रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो । उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे । उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए । आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे ।

पुलिसका लागि दिनेश खरेल र रशिद खानले समान तीन/तीन विकेट लिए भने करण केसीले दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ ।

  himalayanvoice.com | १२ चैत्र २०८२, बिहीबार १२:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online