ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

अध्यक्ष ओली पक्राउको विरोधमा चैत्र २४ गतेदेखि एमालेले देशव्यापी प्रदर्शन गर्ने 

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोध स्वरूप चैत्र २४ गतेदेखि देशव्यापी प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको भन्दै राजनीतिक तथा कानुनी प्रतिवादका कार्यक्रम स्वरूप देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

पार्टी महासचिव पोखरेलले चैत २४ गते सबै जिल्ला कमिटीमार्फत बृहत् भेला आयोजना गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै चैत २८ गतेदेखि सबै पालिकामा विरोध प्रदर्शन गर्दै वडा , प्रदेश र वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने निर्णय भएको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १७ चैत्र २०८२, मंगलवार १०:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online