ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

यो सरकार काम गरेर बोल्ने छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारदेखि सुरुभएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन भएको उहाँले बताउनुभयो ।

सभापति लामिछानेले वर्तमान सरकारले समस्या देखाउनुभन्दा समाधानको बाटोमा लाग्ने बताउँदै थप्नुभयो, “यो सरकारलाई जनताको समस्याको आवाज सुनाइ दिनुहोला, कुनै सांसदको बोल्ने क्रममा माइक काटिने छैन । सुशासनको बेग घट्ने छैन ।”

जनजी विद्रोहको सन्तानको रूपमा वर्तमान सरकार भएको बताउँदै सभापति लामिछानेले भन्नुभयो, “परिवर्तन र विकासको सुनिश्चितता गर्ने छौं । निजी क्षेत्रका लागि लगानी सुनिश्चित् गर्ने छौं ।” उहाँले  दलित समुदाय सदियौंदेखि राज्यबाट विभेदमा परेकाले अब त्यसको क्षतिपूर्तिसहित न्याय गर्ने चर्चा गर्नुभयो । सरकारको नेतृत्व गरेको दलको नाताले सरकारको तर्फबाट अहिलेसम्म गरिएको विभेदप्रति उहाँले क्षमायाचना गर्नुभयो ।

शिक्षा र रोजगारीमा बराबर पहुँच कायम गर्ने बताउनु हुँदै सभापति लामिछानेले भन्नुभयो, “महिलामाथिको सबै किसिमको हिंसामा शून्य सहनशीलता कायम गरिने छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित्ता गरिने छ ।” विदेशमा रहेका नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने र यहाँको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी यही रोजगारी सिर्जना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

  himalayanvoice.com | १९ चैत्र २०८२, बिहीबार १३:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online