ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

अष्टदीप र ‘धर्तीमा झरेको दीप’ दुई कृति लोकार्पण

काठमाडौँ । साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ नामक दुई कृति लोकार्पण भएका छन् ।

नेपाली साहित्य रचना, आध्यात्मिक चिन्तन र बौद्धिक ज्ञान एवं विचार विमर्श समेटिएका उक्त पुस्तकको साहित्यकार प्रा. डा. वासुदेव त्रिपाठी र वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराज आचार्यले विमोचन गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कृतिको प्रकाशनले साहित्य, समाज, वर्तमान शिक्षा, सामाजिक उत्तरदायित्व र आध्यात्मिक चिन्तनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अछामको घुघुरकोटस्थित कुमैस्थान निवासी साहित्यकार डा. भट्ट नेपाली भाषा र साहित्यका प्रतिष्ठित प्राध्यापक एवं अनुसन्धानकर्ताका रूपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेत्र एटम, प्रा. डा. नारायण गडतौला, संस्कृत विभागका उपप्राध्यापक गोविन्द घिमिरे, प्रा. डा. बद्री शर्मा बिनाडी लगायतले डा. भट्टको साहित्यिक यात्रा, कृतित्व र व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो ।

डा. भट्टद्वारा लिखित ‘अछामको होरी’ अनुसन्धानमूलक कृति चर्चित छ । यस कृतिले अछामको स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको गहिरो अध्ययन प्रस्तुत गर्दै मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गरेको छ ।

  himalayanvoice.com | २० चैत्र २०८२, शुक्रबार १३:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online