ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

कांग्रेस १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

ललितपुर । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ ।

काँग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताउनुभएको हो ।

“कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ । पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडा वडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ ।

जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ ।”

महामन्त्री पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिनुभयो ।

  himalayanvoice.com | २१ चैत्र २०८२, शनिबार १२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online