ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल टुक्रा खस्दा ७ नेपाली घाइते, एक गम्भीर

अबुधाबी । संयुक्त अरब इमिरेट्स को अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन्।

अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै गल्फ न्युज, अनादोलु समाचार एजेन्सीले जनाएअनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो ।

उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

“मिसाइल अवरोधपछि खसेको अवशेषका कारण १२ जना घाइते भएका छन्,” भन्दै अबुधाबी मिडिया अफिस ले जनाएको छ, “घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र सबैलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ।”

यसैबीच, गल्फ न्युज, अनादोलु समाचार एजेन्सीका अनुसार उक्त घटना क्षेत्रीय सुरक्षा तनावका बिच भएको मिसाइल तथा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा भएको हो।

घटनापछि प्रभावित क्षेत्रमा आपतकालीन सेवा तथा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्थालाई नियन्त्रणमा लिइएको जनाइएको छ।

  himalayanvoice.com | २१ चैत्र २०८२, शनिबार १२:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online