ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

जेसीज कप : बागलुङ, कालिका र एभिएम विजयी

बागलुङ । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र बागलुङ कालिका युवा क्लबले विजयी सुरुवात गरेका छन् । 

बाङेचौर खेल मैदानमा मङ्गलबार भएको खेलमा एभिएमले सेभेन एट फुटसललाई ८–० गोलले हरायो । अर्को खेलमा बागलुङ सुधार केन्द्रले प्रबुद्व युवा क्लबलाई ४–० तथा बागलुङ कालिका युवा क्लबले बागलुङ स्पोर्टस् क्लबलाई ५–० गोलले हरायो । प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै सेमिफाइनमा पुग्ने टोलीलाई १२/१२ हजार रुपियाँ तथा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई ५/५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

  himalayanvoice.com | २४ चैत्र २०८२, मंगलवार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online