ट्रेण्डिङ्ग:
|युएससीआईएसको ज्ञापनपत्र अनुसार ग्रिनकार्ड आवेदक स्वदेश फर्किनु पर्ने नियमले आप्रवासीलाई डरलाग्दो कानुनी पासोमा पार्दैछ|क्षतिग्रस्त रासायनिक ट्याङ्कीबाट विस्फोट वा चुहावट रोक्न प्रयासरत दक्षिणी क्यालिफोर्नियाका अधिकारीहरू|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो

सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक

काठमाडौँ । गायक सजेन श्रेष्ठको नयाँ गीत ‘उज्यालो’ सार्वजनिक भएको छ । गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको उक्त गीत म्युजिक भिडियोमार्फत सार्वजनिक गरिएको हो । गीतमा अमोघ अर्याल र मीरा खड्काको अभिनय रहेको छ ।

यो गीतमार्फत उहाँले एक्लोपनको पीडा र त्यसमा प्रेमले ल्याउने आशा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । बाध्यात्मक परिस्थितिका कारण विदेशिएका युवाहरूको भीडभाडबिचको एक्लोपन र हराएको सम्बन्धको पीडा गीतमा चित्रण गरिएको छ । यस्तो अवस्थामा प्रिय व्यक्तिको आगमनले जीवनमा आशा र खुसी ल्याएको भाव भिडियोमा देखाइएको छ ।

यस भावलाई समेटिएको गीतलाई सजेनले आफ्नो एल्बम टाढाको मान्छेको दोस्रो ट्र्याकका रूपमा समावेश गर्नुभएको छ । गीतको शब्द र सङ्गीत दुवै सजेनकै हुन् । सजेनको पहिलो गीत ‘काल्पनिक फुलबारी’ हो ।

  himalayanvoice.com | २७ बैशाख २०८३, आईतवार १४:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online