ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उहाँले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउन प्रयास गरेको अवगत गराउनुभयो । यो आफ्नो माग भएको र यसमा काम गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

साथै उहाँले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गर्नुभयो । उहाँले आफू विसं २०८२ फागुन २१ गतेको निर्वाचन गराउने सरकारको मन्त्री रहेको बताउँदै त्यही सरकारले गरेको निर्वाचनबाट नै वर्तमान संसद् र सरकार बनेको उल्लेख गर्नुभयो ।

तत्कालीन अवस्थामा आफूले ल्याउन खोजेका तीन वटा अध्यादेशमध्ये शिक्षालाई राजनीतिबाट मुक्त गर्नका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको बताउँदै तर कुलपति भने प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । रासस

  himalayanvoice.com | २९ बैशाख २०८३, मंगलवार ११:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online