ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ : हर्क साम्पाङ्ग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसद्को मर्यादा र संसदीय परम्पराविपरीत भएको बताए । उनले प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर सांसदको धारणा प्रत्यक्ष नसुने पनि जबाफ दिने क्रममा भने अनिवार्य उपस्थित हुनुपर्नेमा जोड दिए। यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी दिए ।

राईले भने, “नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित नहुनु आपत्तिजनक छ । सरकारको प्रमुखले पेस गरेको नीति तथा कार्यक्रममाथि हामी छलफल गरिरहेका छौँ । अरूलाई सुन्नु र सिक्नु संसदीय गरिमा हो । उहाँले ‘लाइभ’ मा सुन्नुहोला वा पछि सुन्नुहोला, तर संसद्‍मै उपस्थित नहुनु संसद्को अपमान हो ।” उहाँले अगाडि थप्नुभयो, “आफ्नो विवाहमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसैले उत्तर दिन प्रधानमन्त्री आफैँ आउनुपर्छ । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने शैलीमा संसद् चल्न सक्दैन ।”

अध्यक्ष राईले देश विकास गर्न गफले मात्र नहुने भन्दै सरकार र सबै पक्षले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए । नीति तथा कार्यक्रममा सबै सांसदका सुझाव समेट्नुपर्नेमा एकलौटी ढङ्गले ल्याइएको उनको गुनासो थियो । नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको र यसमा नीति र कार्यक्रमको स्पष्टता नदेखिएको आरोप पनि लगाए ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ०८:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online