ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सरकार विधि सम्मत चल्नुपर्छ : सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार पाँच वर्षसम्म टिक्नुपर्ने बताउँदै संविधान, कानुन र विधिअनुसार सञ्चालन भएमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने बताउनु भएको छ ।

पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत नचले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले खबरदारी गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारलाई सहयोग गर्न कांग्रेस पछि नहट्ने बताउँदै वालेन्द्र शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार चल्नुपर्ने धारणा राख्दै भन्नुभयो, “सरकार बेलगामको घोडा जस्तो भए उसकैै लागि घातक हुनेछ ।”

उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकप्रति भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ती समुदायको संरक्षणमा प्रदेश र स्थानीय तह सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापाले पछिल्ला घटनाक्रममा निजी क्षेत्रमाथि भइरहेको गैरकानुनी हस्तक्षेपको विरोध गर्दै निजी क्षेत्रलाई त्रसित बनाएर सुशासनको नारा सार्थक हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र एकता र जनविश्वास सुदृढ बनाउनुपर्नेमा जोड दिँदै पार्टीसँग असन्तुष्ट जनताको मन जित्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक रिक्तता अन्त्य गर्न कांग्रेस निर्वाचनमा गएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारहरूले सङ्घीय सरकारलाई सहयोग गर्नुपर्ने तथा सङ्घीय सरकारले पनि प्रदेशको भावना र अधिकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस र एमालेको गठबन्धन सातै प्रदेशमा कायम रहने भन्दै उपसभापति शर्माले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन प्रक्रियाले पार्टी एकतालाई थप बलियो बनाएको बताउनुभयो ।

कांग्रेसका महामन्त्री गुरु घिमिरेले पार्टीको सदस्यता अद्यावधिक अभियान नरोकिने बताउनुभयो ।

उहाँले भनुभयो, “यो प्रविधीकरणको अभियान हो, पार्टी संरचनाले होइन सक्रियताले चल्छ ।” पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको अभियानमा पार्टी केन्द्रित रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, पार्टी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभयोे । उहाँले गत निर्वाचनमा कांग्रेसले भोगेको असफलतामा जनप्रतिनिधिप्रतिको असन्तुष्टि पनि एक कारण रहेको बताउँदै सरकारलाई सेवा प्रवाह सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीलाई नीतिगत रूपमा एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ११:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online