ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

जनकपुर साहित्य महोत्सवको छैटौँ संस्करणको तयारी पूरा

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

विगत पाँच वर्षदेखि महोत्सव आयोजना गर्दै आएको नव मिथिला फाउन्डेसनले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो । फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवको उद्घाटन मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव निर्देशक राजीव जोशीले यस वर्षको महोत्सव विगतको तुलनामा केही फरक र परिष्कृत हुने बताउनुभयो । उहाँका अनुसार पहिलो दिन उद्घाटनपश्चात् उद्योगपति एवं समाजसेवी उपेन्द्र महतोले ‘नेपालको नवीन उद्यमी समाज’ विषयमा प्रवचन दिनुहुनेछ । दोस्रो दिन ‘रङ्गमञ्चदेखि सिनेमासम्म’ विषयमा साहित्यकार एवं कलाकार रमेशरञ्जन झा, सुनिल मिश्र र हरिवंश आचार्यबीच छलफल हुने कार्यक्रम छ ।

महोत्सवमा मैथिली कथाको नेपाली संसार, जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य, खेलकुदको अवस्था, सञ्चारकर्मको बदलिँदो परिदृश्य, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने सम्भावना र चुनौती जस्ता विषयमा गहन छलफल हुनेछ ।

यसैगरी नेपाली महिला लेखन, पाठ्यक्रम र दक्षता, भाषा प्रविधि र संस्कृति, भू–राजनीति एवं भू–अर्थतन्त्रलगायतका सत्रहरू सञ्चालन हुने निर्देशक जोशीले जानकारी दिनुभयो ।

महोत्सवमा पुस्तक लोकार्पणका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । विद्यापति भजनका लागि काठमाडौँबाट ४० जनाको टोली आउने भएकाले आयोजकले सबैलाई सहभागिताका लागि आग्रह गरेको छ । महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार १२:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online