ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

वरिष्ठ बामपन्थी नेता मोहनविक्रम सिंहलाई ‘गोकुल वाङ्मय’ पुरस्कार

कास्की । वरिष्ठ बामपन्थी नेता मोहनविक्रम सिंहलाई २०८२ सालको ‘गोकुल वाङ्मय’ पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कारको राशि ४० हजार रुपियाँ रहेको छ ।

यही जेठ ९ गते शनिबार ९७ औँ गोकुल जयन्तीका अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिनुभयो । विसं १९९२ मा प्युठानको ओखरबोटमा जन्मिनुभएका सिंहका कविता, काव्य, समालोचना र आख्यानका गरी एक दर्जन कृति प्रकाशित छन् । समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्न २०५२ सालदेखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

सङ्गमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा गठित डा. कृष्णराज अधिकारी र डा. यदुनन्दन उपाध्याय सदस्य रहेको तीन सदस्यीय समितिले गरेको सिफारिसबमोजिम सिंहलाई पुरस्कृत गर्न लागिएको हो । सिंह छ दशकदेखि प्रगतिवादी साहित्यमा क्रियाशील हुनुहुन्छ ।

  himalayanvoice.com | ५ जेष्ठ २०८३, मंगलवार २३:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online