ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

दर्जनौँ विद्यार्थीको लाखौँ रुपिया ठगेर जापानको टोक्योबाट प्रदिप भट्ट फरार ‘हामीले वर्किङ भिसाका लागि चाहिने डकुमेन्ट र पैसा दिएपछि काम नहुने भए अन्य हाकेन (एजेन्ट)बाट गर्छु भन्दा पनि यहीँबाट काम गर्नुपर्छ भन्दै डकुमेन्ट पनि दिएन, अन्त अप्लाई गर्न पनि दिएन । २० तारिखमा भिसा सकिनेमा १९ तारिखसम्म काम नगरिदिएपछि हामीले अन्य जापानी वकिललाई नेपालबाट पैसा मगाएर भिसा प्रक्रियाको काम गरेका छौँ,’

टोक्यो । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको घटना सार्वजनिक भएको छ । नुवाकोट घर भै हाल जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा पारेका हुन् ।

दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम लगाइदिने भनेर भट्टले पैसा उठाएका थिए । पिडित विद्यार्थीका अनुसार टोकियोको विभिन्न क्याम्पस (गाको)हरूबाट ग्राजुयसन भएका विद्यार्थीहरूलाई उनले मे २० तारिखसम्ममा वर्किङ भिसा र काम लगाइदिने भन्दै प्रतिविद्यार्थी ३ लाख जापानी येन उठाएका थिए ।

‘जापानी वकिलमार्फत कम्पनी खोजेर वर्किङ भिसामा कन्र्भट गरिदिन्छु भनेको थियो । नेपाली नै हो भनेर सहयोग माग्यौँ, पैसा र डकुमन्ेट दियौँ । उल्टै ठगिदियो । हाम्रो पैसा खानेमात्रै होइन, भविष्य नै बिगारिदिएको छ,’ टोकियोमा रहेका एक नेपाली विद्यार्थीले भने ।

‘हामीले वर्किङ भिसाका लागि चाहिने डकुमेन्ट र पैसा दिएपछि काम नहुने भए अन्य हाकेन (एजेन्ट)बाट गर्छु भन्दा पनि यहीँबाट काम गर्नुपर्छ भन्दै डकुमेन्ट पनि दिएन, अन्त अप्लाई गर्न पनि दिएन । २० तारिखमा भिसा सकिनेमा १९ तारिखसम्म काम नगरिदिएपछि हामीले अन्य जापानी वकिललाई नेपालबाट पैसा मगाएर भिसा प्रक्रियाको काम गरेका छौँ,’ उनले भने ।

ती विद्यार्थीका अनुसार कलेजबाट ग्राजुएसन भएपछि वर्किङ भिसा नलाग्दासम्म खाली हात हुँदा धेरै नेपाली विद्यार्थी बेखर्ची बनेका छन । ‘यहाँ ग्राजुएसन भएपछि वर्किङ भिसा नहुँदा काम पनि पाइएको छैन । भिसा पनि थप्न सकेको छैन । यही बेला नेपालीले नै नेपालीलाई ठगेका छन् । प्रदिप भट्टले ठगेको मात्रै हेर्ने हो भने २० जनाभन्दा बढी त टोकियो मै भेटिन्छन्,’ उनले भने ।

 

  himalayanvoice.com | ८ जेष्ठ २०८३, शुक्रबार ११:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online