वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस)ले ब्राजिलियन मुलका कागजपत्र बिहिन आप्रवासी, फेलिप लिनारेस डे ओलिभेरा डेल अक्विलालाई पक्राउ गरेको छ । ब्राजिलमा अक्विला माथि संगठित आपराध र जबरजस्ती चन्दा असुलीको आरोपमा अन्तर्राष्ट्रिय वारेन्ट जारी छ।
आइसका अनुसार अक्विलाले पहिले प्राइमेरो कोमान्डो दा क्यापिटल (पिसिसी) र कोमान्डो भर्मेलो (सिभि) को कमाण्डरको रूपमा काम गरिसकेका छन्। आइसले उनी मेक्सिको भाग्ने तयारी गर्दै गर्दा आफ्नी श्रीमतीलाई उनको इच्छा विरुद्ध राखिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाएको छ ।
आइसका अनुसार, अक्विलाले आफ्नो गाडीमा ट्राफिक स्टपबाट भाग्न खोजे, कानून प्रवर्तन टोलीले खोजी कार्य अगाडि बढायो जुन रोकिएको ट्राफिकमा ठोक्किएर समाप्त भयो। त्यसपछि उनी पैदल भाग्न खोजे, तर केही समयपछि कानून प्रवर्तन टोलीले उनलाई पक्राउ गरेको थियो।
क्यारोलिनामा एचएसआईका विशेष एजेन्ट इन इन्चार्ज मार्क एम. जिटोले भने, “आपराधिक गतिबिधि र जबरजस्ती चन्दा असुल्ने जस्ता गम्भीर अपराधहरूको लागि वारेन्ट जारि भएको कागजपत्र बिहिन आप्रवासीलाई पक्राउ गर्न सफल भएका छौ।”
पक्राउबाट बच्न भागेको राज्यको गम्भीर आरोपमा अक्विलालाई काउन्टी जेलमा राखिएको छ । अक्विला अवैध रूपमा अज्ञात मिति र स्थानमा देशमा प्रवेश गरेको आइसको दावी छ ।

