सुर्खेतमा पक्राउ परेका एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो

सुर्खेत । सुर्खेतमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई नेपालगञ्ज लगिएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सुर्खेत प्रहरीले सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

उहाँलाई वीरेन्द्रनगरस्थित एउटा होटलमा भइरहेको एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रम स्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा केही समय राखेर अहिले नेपालगञ्ज लगिएको छ ।

उहाँलाई नेपालगञ्जबाट काठमाडौँ लैजाने योजना रहेको सुरक्षा स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

सोमबार नै उहाँ हाल बसिरहेको काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×