ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

रसुवामा बाढी घटे पनि त्रास कायमै, उद्धार कार्य जारी

सुजन गुरुङ, रसुवागढी । असार २५ गते आएको बाढीले खण्डहर बनाएको रसुवागढी क्षेत्र बुधबार दोस्रो दिन अलपत्र परेका नागरिकको उद्धार गर्ने कार्य जारी रहेको देखियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा अलपत्र परेका नागरिकलाई उद्धार गरेका हुन् ।

चीन र नेपाललाई जोड्ने मितेरी पुल हिजो बाढीले बगाएपछि आवात जावत बन्द छ । बाढी घटे पनि त्रास पनि कायमै रहेको छ । भन्सारका लागि नयाँ बनाइएको यार्ड पनि पूरै ध्वस्त भएको देखियो ।

बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गतका रसुवागढी, टिमुरे र घट्टेखोला क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने टेलिफोन सेवा पनि ठप्प भएको छ। बाटो र पुल बगाइएकाले रसुवागढी नाकासम्म तत्काल पुग्न सकिने अवस्था छैन।

मङ्गलबार आएको भीषण बाढीका कारण उच्च जोखिममा परेका नागरिकहरूको उद्धार कार्य तीव्ररुपमा अघि बढाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत ३० जनालाई र सुरक्षाकर्मीहरूको टोलीद्वारा स्थलमार्गबाट थप २७ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार नेपाल–चीन सीमावर्ती क्षेत्रमा फसेका चारजना भारतीय नागरिक र एकजना नेपाली नागरिकसहित ३० जनालाई हवाईमार्गद्वारा उद्धार गरिएको हो।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुईजना प्रहरी र सातजना स्थानीयवासीलाई स्थलमार्गबाट सुरक्षित निकालिएको छ।

कन्टेनरबाट सामान झिकेर सुरक्षित गर्ने कार्य पनि व्यापारीहरूले गरेका छन् ।

स्याफ्रुबेसीदेखि टिम्बुरेसम्म जाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको पाइयो । पैदल यात्रा गरेर पनि अलपत्र परेकालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा फसेका एकजना चिनियाँ नागरिकसहित १५ जना नेपाली पुरुष र दुईजना महिलालाई समेत सुरक्षाकर्मीहरूले सफलतापूर्वक स्थलमार्गमार्फत उद्धार गरेका छन्।

बाढीपछिको उद्धार तथा राहत कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी कूल ६८२ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। ती सबै सुरक्षाकर्मीहरू जोखिमपूर्ण भू–भागमा खटिइ उद्धार र राहत वितरणमा संलग्न छन्।

उद्धारको क्रममा गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (सप्रसह) विशाल थापा ड्युटीका क्रममा घाइते भएका छन्। भिरालो बाटोमा खस्दा टाउको र घुँडामा चोट लागेका थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीका अनुसार बाढीपछि बेपत्ता भएका व्यक्तिहरुको खोजी जारी छ। एक शव चितवनमा फेला परेसँगै त्रिशूली र नारायणी नदी किनार हुँदै अन्य जिल्लाहरूमा खोजी कार्य तीव्र पारिएको छ।

सरकारी संयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्धार कार्य थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

  himalayanvoice.com | २५ असार २०८२, बुधबार १३:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online