ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

अध्यागमन अदालतलाई एसाइलम लगायत नयाँ शुल्क लागु गर्न निर्देशन

न्युयोर्क । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आन्तरिक मेमो जारी गर्दै अध्यागमन अदालतहरू र बोर्ड अफ इमिग्रेशन अपील्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै हस्ताक्षर गरेको ऐनअन्तर्गतका नयाँ शुल्क लागू गर्न निर्देशन दिएको छ। नियामक अपडेट अगाडि नै यस्ता शुल्कहरु लागु गर्न निर्देशन दिइएको हो । यद्यपी नियामक अपडेटले ती शुल्कहरु अझ बढाउनसक्ने भएतापनि तत्कालका लागि ऐनले तोके अनुशार न्यूनतम शुल्क लिन निर्देशन दिइएको छ ।

ऐनले अध्यागमन अदालतमा निर्णय गरिने विभिन्न राहत र संरक्षण आवेदनहरूका लागि शुल्कहरू लागू वा वृद्धि गरेको छ। यसले बोर्ड अफ इमिग्रेशन अपील्स समक्ष अपीलहरू लगायतका लागि पनि शुल्कहरू बढाएको छ । अध्यागमन अदालतमा एसाइलम आवेदनका लागि १ सय डलर शुल्क र विचाराधीन एसाइलम मुद्दाहरूका लागि १ सय डलरवार्षिक शुल्क समावेश छ।

एसाइलम आवेदन र विचाराधीन मुद्दाहरूका लागि विगतमा निशुल्क रहदै आएको भएतापनि अब निशुल्क फाइलिङको लामो समयदेखिको अभ्यासलाई अन्त्य गरिएको छ । साथै यो ऐनले एसाइलम आवेदन विचाराधीन रहेको प्रत्येक क्यालेन्डर वर्षका लागि वार्षिक शुल्क अनिवार्य गरेको छ। अर्थात् एसाइलम आवेदन शुल्क, बार्षिक शुल्क र टीपीएस शुल्कहरूमा कुनै छुट दिइनेछैन । आवेदकले आर्थिक कठिनाइको बावजुद पनि ती शुल्कहरू तिर्नुपर्नेछ।

शुल्कका भुक्तानी प्रक्रियाहरू मौजूदा दिशानिर्देशहरूअनुसार अपरिवर्तित रहनेछन्। एसाइलम र टीपीएसवाहेकका अन्य आवेदनमा सन्दर्भमा भने शुल्क छुट अनुरोध गर्न सकिनेछ । बोर्ड अफ इमिग्रेशन अपिलले नयाँ नियमहरूअन्तर्गत शुल्क छुट अनुरोधहरू कसरी ह्यान्डल गरिन्छ भन्ने स्पष्ट गर्न नजिरपूर्ण निर्णयहरू जारी गर्न सक्ने भएका छन् ।

सही शुल्क, भुक्तानीको प्रमाण, वा पूर्ण शुल्क छुट अनुरोध बिना दायर गरिएका आवेदनहरु अस्वीकार गरिने चेतावनी दिइएको । यो ऐनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी र एटोर्नी जनरललाई नियामक परिवर्तनहरू मार्फत न्यूनतम शुल्कहरूभन्दा माथिका शुल्कहरू वृद्धि गर्न अधिकार दिएकाले केही दिनमा त्यस्ता नियामक परिवर्तन समेत आउने अपेक्षा गरिएको छ ।

त्यस्तै प्रत्येक दुई वर्षमा शुल्कहरूको समीक्षा गर्ने अभ्यासलाई निरन्तरता दिनेछ । आर्थिक वर्ष २०२६ देखि शुल्कहरू वार्षिक मुद्रास्फीति समायोजनको अधीनमा हुनेछन् । आप्रवासीहरू र तिनका कानुनी प्रतिनिधिहरूलाई आवेदन अस्वीकारबाट बच्न यी आवश्यकताहरू सावधानीपूर्वक समीक्षा गर्न आग्रह गरिएको छ।

  himalayanvoice.com | २६ असार २०८२, बिहीबार १२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online