ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

हुम्लाको नाम्खा गाउँमा हिमपहिरो आउने त्रास

हुम्ला । चिनियाँ हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठुलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् ।

सो गाउँको माथि ठुलठुला हिमताल छन्, बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएका कारण यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो आउँछ कि भनेर गाउँवासी चिन्तित रहेको बताउनुभयो । केही वर्षको अन्तरमा बेला बेला सो हिमताल फुटेर हिमपहिरो आइरहने भएकाले र यस वर्ष वर्षा पनि धेरै हुने जानकारी आएकाले स्थानीय बढी चिन्तित देखिएको उहाँले बताउनुभयो ।

यसअघि आठ वर्षअगाडि हिमपहिरो आएर खेती लगाएको जग्गाजमिन बगाएको, लघुजलविद्युत्, घट्ट, काठेपुल बगाएर लगेको सम्झँदै उहाँले केही घरको नजिकबाट पहिरो गएको कारण अहिले पनि जोखिममा कायमै रहेको बताउनुभयो । त्यसै गरी लिमीको हल्जीगाउँका फुर्वा तामाङले गत जेठ १ गते राति लिमीकै तिलगाउँमा हिमताल चुहिएर पहिरो जाँदा भएको क्षतिलाई सम्झँदै आफ्नो गाउँ पनि हिमपहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । लिमीका तीन गाउँमध्ये हल्जीगाउँ सबैभन्दा बढी हिमपहिरोको जोखिममा रहेको छ । तीन हजार ९३८ मिटर उचाइमा रहेको हल्जीगाउँमा पानी पर्न थालेपछि बढी चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपहिरोको जोखिम भए पनि गाउँमा बस्नैपर्ने बाध्यता रहेको बताउनुभयो । गाउँदेखि माथि अग्लो क्षेत्रमा पुरानो र निकै ठुलो लामा भाषामा खाँची हिमताल भएको र त्यो ताल बेला बेला फुटेर गाउँनजिकै हिमपहिरो आइरहने गर्दछ । उहाँले दुई दिनअगाडि रसुवामा हिमताल फुटेर गएको पहिरोको कारण ठुलो क्षति भएको जानकारी आइरहेकाले हल्जी गाउँवासी बढी चिन्तित रहेको बताउनुभयो । सो स्थानमा पाँच वटा हिमताल रहेका छन् । तीमध्ये एउटा ठुलो र अन्य भने साना खालका रहेका छन् ।

लिमीको हल्जीगाउँ उत्तरतर्फ हिमतालको जोखिममा रहेको छ भने अन्य तीनतिर हिमपहिरोको जोखिम छ । दक्षिणतर्फ पनि हिमाल रहेको सो हिमालबाट तक्लुखोलाबाट पनि हिमपहिरो आएर तलको लिमी कर्णाली रोकिने गरेको विगत रहेको उहाँले बताउनुभयो । हल्जीगाउँमा ९१ घरधुरीमा ४१३ जना मानिसको बसोबास छ । जिल्ला विपत् व्यवस्थापन समितिले पनि लिमीको हल्जीगाउँलाई सबैभन्दा उच्च जोखिममा रहेको बस्तीमा पारेको छ ।

  himalayanvoice.com | २७ असार २०८२, शुक्रबार ०१:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online