ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

क्यालिफोर्नियाको दक्षिणी भेगका कृषि फार्ममा संघीय अधिकारीले छापा मार्दा झडप

लस-एन्जलस । क्यालिफोर्नियाको दक्षिणी भेगमा रहेको कृषि फार्ममा संघीय एजेण्टहरू र प्रदर्शनकारीहरूबीच झडप भएको छ। ट्रम्प प्रशासनको गैरकानूनी आप्रवासी नियन्त्रणको क्रममा क्यालिफोर्नियाको दक्षिणी भेगमा रहेको कृषि फार्ममा झडप भएको हो ।

भेन्चुरा काउन्टीको क्यामारिलो नजिकै रहेको गांजाको खेती गर्ने फार्ममा गैरकानूनी आप्रवासी रहेको भन्दै नियन्त्रणका लागि छापा मारिएको आइसले बताएको छ । प्रदर्शनकारीहरूले बाटो अवरुद्ध गर्दा संघीय एजेण्टहरूले टियर–ग्यास प्रहार गर्न वाध्य भएका थिए ।

एक व्यक्तिले हतियार प्रयोग गरेर एजेण्टहरूमाथि गोली चलाएपनि कोही घाइते वा हताहत भएका छैनन् । सीबीपी र बोर्डर पेट्रोलका एजेण्टहरू ग्यास मास्क सहित सैनिक पोशाकमा देखिएका थिए ।

कृषि फार्मबाट करिब १०० जना कामदार पक्राउ परेका छन । स्थानीय भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टले तीन व्यक्तिलाई उपचारार्थ अस्पताल पठाएको छ ।

क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले यसलाई “अमानवीय” बताउँदै आलोचना गरेका छन् । प्रदर्शनकारीहरूले अमेरिकी नागरिकको हैसियतमा आवाज उठाएका थियौं‘ तर हामीलाई टियर–ग्यास हानियो, बल प्रयोग गरियो” भनेका छन् ।

स्थानीय काउन्सिल सदस्यहरूले यस कार्यले कृषि क्षेत्रमा आतंक सिर्जना गरेको र फूड सप्लाईमा असर पर्ने चेतावनी दिएका छन् । उक्त फार्ममा गांजा र टमाटर खेती हुदै आएको छ । आइसले जारी गरेको वारेन्टका आधारमा छापा मारेको हो ।

ट्रम्प प्रशासनको ठूला संख्यामा गैरकानूनी आप्रवासी नियन्त्रण नीति अन्तर्गत यो कार्य गरिरहेको छ । क्यालिफोर्नियामा लामो समयदेखि आप्रवास–विरोधी प्रदर्शनहरू हुँदै आएका छन् ।

आइस र अन्य संघीय एजेण्टहरूले अबैध आप्रवाशी नियन्त्रणका लागि धरपकड र छापा मारेपछि प्रदर्शनकारीहरूसँग झडप भएको हो ।

राज्य सरकार र स्थानीय समुदायले यसलाई गम्भीर “अमानवीय कार्य” भन्दै कृषिमा आधारित अर्थतन्त्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

  himalayanvoice.com | २७ असार २०८२, शुक्रबार १३:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online