ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोसलाई ग्रीन कार्ड बेचेको आरोपमा सजाय

बोस्टन । बोस्टनस्थित अमेरिकी एटोर्नीको कार्यालयले नागरिकता तथा आप्रवासन नियोग (युएससिआईएस)को सहयोगमा ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोस जुनियरलाई निर्वासन पछि गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको, सामाजिक सुरक्षा कार्ड र स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) बेचेको आरोपमा सजाय सुनाइएको छ ।

बोस्टनस्थित अमेरिकी एटोर्नीको कार्यालयले ४० वर्षीया लिन टाभरेस डेबारोस जुनियरलाई पाँच महिनाको जेल सजाय सुनाइएको र त्यसपछि दुई वर्षको सुपरिवेक्षणमा रिहा गरिएको घोषणा गरेको छ। सजाय पूरा भएपछि उनलाई देश निकाला गर्न सकिनेछ।

टाभरेस डेबारोसलाई यसअघि जुलाई २०१० मा संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएको थियो। उनलाई हटाइएको केही समयपछि, उनी गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा पुन: प्रवेश गरेका थिए ।

नागरिकता तथा आप्रवासन नियोग (युएससिआईएस)ले २०२४ को मध्यतिर, कानून प्रवर्तन निकायलाई टाभारेस डेबारोसले आफ्नो पहिचान लुकाएर कागजातहरू बेचिरहेको जानकारी दिएको थियो।

अक्टोबर २०२४ मा, टाभरेस डेबारोसले नगद $२५० को सट्टामा एक शुरक्षा अधिकारीलाई नक्कली सामाजिक सुरक्षा कार्ड र ग्रिन कार्ड बेचेका थिए । डिसेम्बर २०२४ मा, टाभरेस डेबारोसले $५०० को सट्टामा अर्का अनुसन्धान अधिकारीलाई दुई थप नक्कली सामाजिक सुरक्षा कार्ड र दुई ग्रिन कार्ड बेचेका थिए ।

डेबारोस बसेको घरको खानतलासी गर्दा तीनवटा सामाजिक सुरक्षा कार्ड, साथै डेबारोसको नाममा थप नक्कली कागजातहरू फेला परेको थियो ।

डेबारोसको किर्ते धन्दाको अनुसन्धान होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनको डकुमेन्ट एण्ड बेनिफिट फ्रड टास्क फोर्स (DBTF) द्वारा गरिएको थियो, जुन विभिन्न राज्य, स्थानीय र संघीय एजेन्सीहरूका कर्मचारीहरू मिलेर बनेको एक विशेष अनुसन्धान समूह हो जसमा विभिन्न प्रकारका कागजात, पहिचान र लाभ ठगी योजनाहरूमा संलग्न संस्थाहरू र व्यक्तिहरूलाई पत्ता लगाउन, निरुत्साहित गर्ने कार्यमा अनुसन्धान गर्दै आएको अमरिकी नियोग हो ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online