ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

तिस वटा फर्मलाई अनलाइन व्यापारको स्वीकृति

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३० वटा व्यापारिक फर्मलाई अनलाइन व्यापारको स्वीकृति दिएको छ । विभागका अनुसार अनलाइनको माध्यमबाट व्यापार गर्ने ३१५ वटा फर्मको आवेदन परेकोमा सबै प्रक्रिया पूरा गरेका ३० वटाले मात्रै अनलाइन व्यापार गर्ने स्वीकृत प्राप्त गरेका हुन् । 

विभागका निर्देशक भरतप्रसाद आचार्यले विभागमा आवेदन आएका कतिपयको अपुग एउटा/दुई कागजात माग्ने काम भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागले विद्युतीय व्यापारका माध्यमबाट व्यापार गर्ने अनलाइन सपिङ व्यापारिक फर्मलाई विभागमा दर्ता गर्ने विद्युतीय व्यापार (इकमर्स) ऐन, २०८१ ले गरेको व्यवस्था अनुसार अनलाइन व्यापार दर्ता गर्न थालेको हो । हालसम्म विभागमा सूचीकृत भएका व्यावसायिक फर्ममा अधिकांश कस्मेटिक, फेन्सी र ग्रोसरी आइटमका छन् । सूचीकृत हुनेमा ज्योतिष परामर्शदेखि स्वास्थ्य परामर्शसम्मका पनि रहेको विभागका निर्देशक आचार्यले जानकारी दिनुभयो ।

विभागले यही असार १८ देखि साउन २ सम्म अनलाइन व्यापार गरिरहेका र गर्ने व्यापारिक फर्मलाई विभागमा दर्ता भएर सूचीकृत हुन सूचना गरेको थियो । विभागका अनुसार विभागले आवेदन दिन चाहने व्यवसायी फर्मलाई अनलाइनमार्फत आवेदन दिने र माग गरेको कागजात आए वा नआएको परीक्षण गरेर कागजात पूरा भएकालाई अनलाइनबाटै स्वीकृत भएको प्रमाणपत्र उपलब्ध गराएको छ ।

विभागले विद्युतीय व्यापार (इकमर्स) ऐन, २०८१ गत वैशाखदेखि कार्यान्वयनमा आइसकेकाले त्यस्ता व्यापारिक फर्मलाई अनिवार्य रूपमा अनुमतिको दायराभित्र आउन निर्देशन दिइएको हो । ऐन कार्यान्वयनमा आएको मितिले तीन महिनाभित्र त्यस्ता व्यापारिक संस्था विभागको विद्युतीय व्यापार पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने र नयाँ व्यवसायीको हकमा अनिवार्य रूपमा सूचीकृत गरेर मात्र व्यवसाय गर्नुपर्ने हुन्छ ।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २३:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online