ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘मन्त्री परिषदको सिफारिस कार्यान्वयन गरेकी हुँ, विघटन होइन’

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा मङ्गलबार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पार्नुभयो । देशलाई के गर्दा निकास मिल्छ भन्नेकुरा छलफलको विषय हुनसक्ने बताउनुभयो । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जहाँसम्म संसद् विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद् विघटन भएको छ। दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्री परिषद्ले निर्णय गरेर ल्याएको कुरा कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो ।’

संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय आफूले कार्यान्वयन गरेको उहाँले प्रष्ट पार्नुभयो । फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने बताइएको छ ।

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार ११:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online