ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

‘मन्त्री परिषदको सिफारिस कार्यान्वयन गरेकी हुँ, विघटन होइन’

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा मङ्गलबार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पार्नुभयो । देशलाई के गर्दा निकास मिल्छ भन्नेकुरा छलफलको विषय हुनसक्ने बताउनुभयो । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताउनुभयो ।

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘जहाँसम्म संसद् विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद् विघटन भएको छ। दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्री परिषद्ले निर्णय गरेर ल्याएको कुरा कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो ।’

संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय आफूले कार्यान्वयन गरेको उहाँले प्रष्ट पार्नुभयो । फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने बताइएको छ ।

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार ११:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online