ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

विश्व चेस च्याम्पियनसिपमा विश्वविजयलाई सफलता

काठमाडौँ । विश्व बुद्धिचाल महासङ्घको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गर्नुभएको छ ।

उहाँले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकाल्नुभयो । भारतस्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ पहिलो चरणको खेलमा विश्वले कालो गोटी लिएर सिसिलियन  प्रणालीमा प्रतिउत्तर खेल सुरु गर्नुभएको थियो ।

स्पर्धाको २१औँ चालसम्म बराबरी अवस्थामा रहेको खेलमा २२औँ चाल पुग्दा विश्वले आक्रमण सुरुवात गर्नुभयो । फल स्वरुप खेलको २७औँ चालमा सिपाही एउटा फाइदा लिनुभयो ।

नेपाली खेलाडीको  लगातार आक्रमणबाट रक्षात्मक अवस्थामा पुगेका भारतका दिनेशले ३२औँ चालमा अर्को ठूलो गल्ती गर्न पुग्नुभयो । जसको फाइदा उठाउदै विजयले दिनेशलाई ३८औँ चालमा खेल त्याग्न बाध्य हुनुभयो ।

स्वीस लिग प्रणालीअनुसार नवौँ चरणसम्म संचालन हुने खेलमा विश्वविजय घिमिरेसहित प्रतियोगिताका शिर्षस्थानमा पोल्यान्डका आइएम मर्सिन मोलेण्डा, इजरायलका आईएम आन्द्रेस गोर्वानोभ, आर्मेनियाका एफएम सर्गिस सर्गिस्यान, काजकिस्तान एफएम सेरिक सोल्तानोभ, रसियाका सेरेब्रियाकोभ सेर्गेइ, भारतका जि एजिलारासिले सफलता हात पार्दै एक एक अङ्क जोड्नुभएको छ । प्रतियोगितामा १७ राष्ट्रका ९७ जना खेलाडीको सहभागिता रहेको छ ।

  himalayanvoice.com | ७ श्रावण २०८२, मंगलवार १२:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online