ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ठूलीभेरीमा बेपत्ता तीन जनाको शव भेटियो

रुकुमपश्चिम । गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक मितिमा सुर्खेतमा फेला परेको हो ।

यति बिल्डर्स प्रा.लि.मा जेसिभि अपरेटर पदमा कार्यरत धनबिरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो भने सोमबार मात्र मृतकका दाइले शवको पहिचान गरेको डिससपी बिष्टले जनाउनुभयो । टिप्पर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका –२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।

वडा नम्बर ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ जाँदै गरेको टिप्पर भेरीनदिमा खस्दा टिप्परमा रहेका तीनै जना बेपत्ता भएका थिए ।

टिप्परको अगाडिको भाग भने बुधबार घटनास्थलभन्दा करिब चार सय मिटर तल नदिको जाजरकोटतर्फको भागमा फेला परेको थियो ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार २२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online