ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्रै

काठमाडौँ । सुख्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन ।
सोमबार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा गइरहेपनि मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आइतबार राति सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा भएको जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा कम वर्षा भएको बताउनुभयो ।

मौसमविद् दाहालले भन्नुभयो, ‘‘आइतबार रातिदेखि सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । यद्यपि, मधेशमा अझै केहीदिन भारी वर्षा हुने सम्भावना छौँ । ’’

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार रातिदेखि काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौँको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी, भक्तपुरमा १८ मिलिमिटर, ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपान अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्युक्त वायुले वर्षा गराइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  himalayanvoice.com | १२ श्रावण २०८२, आईतवार २२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online