ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

स्थायी सम्झना

अर्जुन वेदना राई

उस्ताज नै रहेछौ तिमी,
प्रेम गीतका सुरतालहरूमा ।
खेल पात्र नै रहेछौ तिमी,
माया पिरतीका खेलहरुमा ।
प्रेमिल जीवन पूर्वार्धहरूलाई
सुमधुर बनाइदियौ
पिरतीको संगीतले
फेरि,
खण्डित बनायौ वर्गभेदले
अब त केवल,
शब्दमा छौ ।
यादमा छौ ।
यादका शब्दहरू प्रिय संगीतमा मिलाउनु
स्वरमा मिलाउनु, तालमा मिलाउनु
गमकमा मिलाउनु, मुर्कीमा मिलाउनु
गिजोलिएका यादका शब्दहरू
कर्णप्रिय गीतको स्थायी बनाउनु
तपसिल स्थायी,
“चौतारीमा भेट्न अब छोडिदिए हुन्छ।
कहीँ कतै भेट्दा नजर मोडिदिए हुन्छ।”

-अर्जुन वेदना राई
इलाम

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार ११:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online