ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

स्थायी सम्झना

अर्जुन वेदना राई

उस्ताज नै रहेछौ तिमी,
प्रेम गीतका सुरतालहरूमा ।
खेल पात्र नै रहेछौ तिमी,
माया पिरतीका खेलहरुमा ।
प्रेमिल जीवन पूर्वार्धहरूलाई
सुमधुर बनाइदियौ
पिरतीको संगीतले
फेरि,
खण्डित बनायौ वर्गभेदले
अब त केवल,
शब्दमा छौ ।
यादमा छौ ।
यादका शब्दहरू प्रिय संगीतमा मिलाउनु
स्वरमा मिलाउनु, तालमा मिलाउनु
गमकमा मिलाउनु, मुर्कीमा मिलाउनु
गिजोलिएका यादका शब्दहरू
कर्णप्रिय गीतको स्थायी बनाउनु
तपसिल स्थायी,
“चौतारीमा भेट्न अब छोडिदिए हुन्छ।
कहीँ कतै भेट्दा नजर मोडिदिए हुन्छ।”

-अर्जुन वेदना राई
इलाम

  himalayanvoice.com | २१ श्रावण २०८२, मंगलवार ११:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online