ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव १७, विकास बैङ्क शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटेल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ ।

आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ ।

  himalayanvoice.com | २ भाद्र २०८२, सोमबार ११:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online