ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

‘सामाजिक सञ्जालको दुरुपयोगलाई नियमन गर्न विधेयक ल्याइएको हो’

काठमाडाैं । राष्ट्रिय सभाको आजको बैठकले सामाजिक सञ्जाल विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोगलाई नियमन गर्न विधेयक ल्याइएको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले साइवर क्राइम जस्ता विभिन्न स्वरूपका डिजिटल अपराधहरूलाई कानुनी दायरामा ल्याउन र सुशासनलाई सुदृढ पार्न पनि सामाजिक सञ्जाल विधेयकको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यस्तै राष्ट्रिय सभाको आजको बैठकमा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस भएका छन् ।

बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस भएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गर्नुभएको थियो ।

प्रतिवेदन पेस गर्नुहुँदै सभापति दाहालले विधेयकले मूलतः संविधानमा व्यवस्था भएबमोजिम बाबुको पहिचान नभएकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने उद्देश्य लिएको बताउनुभयो ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गर्नुभएको थियो ।

सभापति शर्माले प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ६ गते शुक्रवार दिनको १२ बजे बस्नेछ ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार १०:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online