ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

नेपालीको टिपीएस सुबिधा निरन्तरताको लागि एनआरएनए साथमा छ : अध्यक्ष शाह 'नेपालको अस्थिर राजनीतिक अवस्था, र भूगोलको प्राकृतिक प्रकोप झेल्न नसकेर अमेरिकी सपना देखेर आप्रवाशनको बाटो रोजेका नेपालका अनुमानित ७,००० आप्रवासीहरूलाई अमेरिकामा काम गर्ने र अमेरिकी सपना पुरा गर्ने अवसर प्रदान गर्ने अमेरिकी सरकार र अमेरिकी नीति भित्र यसलाई समेट्न हामि समानित राष्ट्रपति डोनाल्ड ट्रंप र अमेरिकी संघिय सरकारसंग पनि आग्रह गर्दछौ ।'

न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवनिर्वाचित अध्यक्ष सतेन्द्र शाहले संघीय पुनरावेदन अदालत क्यालिफोर्नियाले बुधबार ट्रम्प प्रशासनको पक्षमा फैसला गर्दै नेपालका अनुमानित ७,००० आप्रवासीहरूका लागि अस्थायी सुरक्षा कायम राख्ने टिपीएस सुबिधा अन्त्य गर्न संघिय सरकारलाई अनुमति दिएको खबरले संघको नवनिर्वाचित नेतृत्वको गम्भीर ध्यान आकृष्ट भएको बताएका छन् ।

अध्यक्ष सतेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नवनिर्वाचित नेतृत्व आप्रवासी अधिकारका क्षेत्रमा क्रियाशील कानुन ब्याबसायीहरु र अधिकारकर्मीहरुसंगको परामर्श पछि हामि शिघ्र एउटा कार्यदल मार्फत कानुनी उपाएको खोजीमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।’

शाहले हिमालयन भ्वाइससंग कुरा गर्दै भनेका छन्, ‘नेपालको अस्थिर राजनीतिक अवस्था र भूगोलको प्राकृतिक प्रकोप झेल्न नसकेर अमेरिकी सपना देखेर आप्रवाशनको बाटो रोज्दै आएका नेपालका अनुमानित ७,००० आप्रवासीहरूलाई अमेरिकामा काम गर्ने र अमेरिकी सपना पुरा गर्ने अवसर प्रदान गर्ने अमेरिकी सरकार र अमेरिकी नीति भित्र यसलाई समेट्न हामि समानित राष्ट्रपति डोनाल्ड ट्रंप र अमेरिकी संघिय सरकारसंग आग्रह गर्दछौ ।’

‘अमेरिकी कानुनको पालना, राजनीतिक समर्थन, धैर्य र कानुनी बाटोबाट नेपालका अनुमानित ७,००० आप्रवासीहरूका लागि अस्थायी सुरक्षा कायम राख्ने टिपीएस सुबिधाको निरन्तरताका लागि एनआरएनए अमेरिका यथा संभव तपाइहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ’ शाहले भनेका छन् ।

  himalayanvoice.com | ४ भाद्र २०८२, बुधबार २२:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online